Posts

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्ष मा साढे सात लाख रुपैयाँ बचत

Image
  जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा भएको साधारण सभा आर्थिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको हो । सहकारीका संचालक समितिका अध्यक्ष बसन्तकुमार शर्माले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको बार्षिक तथा आर्थिक प्रतिवेदनमा संस्थाको वित्तिय विवरण तर्र्फ २०८० असार ३१ मा संस्थाको १ करोड ८३ लाख ४४ हजार ५ सय ७२ रुपैयाँ ६५ पैसाबाट ३६ दशमलव ५४ प्रतिशत बढेर २०८१ असार ३१ सम्म २ करोड ५० लाख ४९ हजार ३ सय ९४ रुपैयाँ पुगेको छ । संस्थाले गत आर्थिक वर्षमा २०८०÷०८१ मा ७ लाख ८० हजार ५ सय १२ रुपैयाँ ३५ पैसा आम्दानी गरेको छ । भने अघिल्लो आर्थिक वर्षको २९ हजार ५ सय १२ घाटा कटाएर ७ लाख ५१ हजार रुपैयाँ बचत रहको छ । बचत रहेको रकम नियम अनुसार कोष विभान गरी प्रति शेयर लाभांस ३ दशमलव १८ प्रतिशत र कारोबारको आधारमा पुँजीकोष वितरण गर्न १ लाख २६ हजार १ सय ७७ रुपैयाँ ८९ पैसा व्यवस्थापन गरेको संस्थाका अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २...

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित

Image
  राजधानीमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो ।  सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो । काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०÷१० र प्रतिक श्रेष्ठले आठ रन बनाए ।  काठमाडौँका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक÷एक रन जोडे । यो खेलमा काठमाडौँले अतिरिक्त दुई रन पायो । सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए । अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक÷एक विकेट लिए । योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गस...

उपनिर्वाचन : पुथामा गरे सात सय बढी मतदाताले मतदान

Image
  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा सात सय २३ मत खसेको छ । बिहान ७ बजे देखि यो समाचार तयार बनाउँदा सम्म उक्त मत खसेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो। १४ वडाका भित्रका १९ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रबाट स्थानीयले मतदान गरिरहेका छन् । पालिकामा ११ हजार एक सय ८० जना मतदाता रहेका छन । यहाँ कांग्रेस, नेकपा एमालेबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्र, एकिकृत समाजवादीबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवार हुनुहुन्छ । २ नम्बर वडा अध्यक्षमा भने माओवादी केन्द्रबाट जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 

एनपिएल : विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

Image
 विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो ।  जनकपुरको जितमा अमेरिकी खेलाडी लाहिरु मिलान्थाले अर्धसतक बनाए । ३० वर्षिया बायाँ हाते ब्याटर तथा विकेटकिपरले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । श्रीलंकाको कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरुले ३९ बलमा ६ चौका र २ छक्कासहित अर्धसतक बनाएका थिए । उनी प्रतियोगितामा अर्धसतक बनाउने दोस्रो खेलाडी हुन् ।  तेस्रो नम्बर क्रिजमा आएका उनले ११.१ ओभरमा अर्धसतक बनाउँदा जनकपुरले २ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । २७ वर्षीय क्यानेडियन खेलाडी हर्ष थाकरले ३३ बलमा दुई चौकासहित २९ रन बनाएका हुन् । दुई खेलाडीबीच सतकीय साझेदारी भएको थियो । ओपनरद्वय मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह १.६ ओभरमा १५ रन बनाउँदा आउट भएपछि लाहिरु...

एनपिएल का हीरा शिखर धवन

Image
  शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्न आउने सबैभन्दा ठूला स्टार खेलाडी हुन् । आईसीसी च्याम्पियन्स ट्रफी, एसिया कप र आईपीएल जितसकेका ‘गब्बर’ उपनामले परिचित धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने छन् । विश्व क्रिकेटकै पावर हाउस छिमेकी भारतका भेट्रान ब्याटरलाई कर्णालीले अनुबन्ध गरेपछि अहिले एनपीएलको चर्चा ह्वात्तै बढेको छ । भारतीय क्रिकेट समर्थक देखि भारतीय मिडिया पनि धवन एनपीएल बउने खबरले निकै उत्सहित छन् ।यसले एनपीएलको चर्चा नेपालमा मात्र नभएर छिमेकी भारतमा समेत निकै चुलिएको छ । विश्वकै चर्चित र ग्ल्यामरस फ्रेन्चाइज लिग आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने अनि आइपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी धवनको चर्चा भारतमा धेरै छ । त्यसैले नेपालमा रहेका धवन र भारतीय क्रिकेटका फ्यानहरु पनि धवन आउने खबरले उत्सहित छन् । धवनलाई गब्बर, जाट जी र मिस्टर आईसीसी जस्ता उपनामले चिनिन्छ । उनले भारतका लागि विश्वकप नजितेपनि च्याम्पियन्स ट्रफी जितेका छन् । अनी आईसीसीको प्रतियोगितामा व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेका छन् ।सन् २००४ को यू१९ विश्वकपमा भारत सेमिफाइनलम पाकिस्तानसँग...

के!तीन महिना भित्रमा बन्छ त पितिवाङ खोलामा पुल

Image
कर्णाली समाचार  २०८१/०८/१३ गते २:३३ आम सर्वसाधाणदेखि राजनीतिज्ञ सम्मको चासो,के बन्ला त पितिबाङ खोलामा पुल? वर्षौँ देखि अलपत्र परेको रुकुम पश्चिमको पितिवाङ खोला पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोला पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनबाट व्यवहारिक रूपमा पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको हो । संरक्षण निर्माण सेवाको चरम लापरबाहीका कारण वर्षौँ देखि यो पुल अलपत्र अवस्थामा रहेको छ । संरक्षण निर्माण सेवा र डिभिजन सडक कार्यालय चौरजहारीबिच २ वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण कार्य २०७८ को वैशाख ७ गते हुनुपर्ने थियो । ५ करोड २८ लाख कुल लागतमा पुल निर्माणको सम्झौता भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण साढे ५ वर्षभन्दा लामो समय देखि पुल निर्माण कार्य अलपत्र परेको छ । हालसम्म पुलको एक साइडको पिलर उठाइएको छ भने अब एक साइडको पिलर उठाएर ढलान गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय चौरजहारी...

एनपीएल अपडेट

Image
  कर्णाली समाचार  2081/08/13 नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ । मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ । काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका सबै टोलीहरु काठमाडौं आइसकेका छन् । विराटनगर कंग्स र पोखरा एभेन्जर्सको टोद्यी बुधबार काठमाडौं आइपुगेका छन् ।बुधबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच अभ्यास खेल पनि भयो । जसमा आसिफ शेख मार्की रहेको जनकपुरले रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई ९६ रनले हरायो । Contact Us