जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्ष मा साढे सात लाख रुपैयाँ बचत
संस्थाले गत आर्थिक वर्षमा २०८०÷०८१ मा ७ लाख ८० हजार ५ सय १२ रुपैयाँ ३५ पैसा आम्दानी गरेको छ । भने अघिल्लो आर्थिक वर्षको २९ हजार ५ सय १२ घाटा कटाएर ७ लाख ५१ हजार रुपैयाँ बचत रहको छ । बचत रहेको रकम नियम अनुसार कोष विभान गरी प्रति शेयर लाभांस ३ दशमलव १८ प्रतिशत र कारोबारको आधारमा पुँजीकोष वितरण गर्न १ लाख २६ हजार १ सय ७७ रुपैयाँ ८९ पैसा व्यवस्थापन गरेको संस्थाका अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७७ जेठ १४ गते स्थापना भएको सहकारीमा हाल २ सय ९० जना शेयर सदस्य रहेका छन् । साधारण सभाबाट आजै नयाँ नेतृत्व चयन हुने संस्थाले जनाएको छ ।

Comments
Post a Comment