खड्क वि क को मार्मिक मुक्तक नेपालीको व्यथा
पिर परेको छ मनमा असर परेको छ
त जादैनस र प्रदेशी सबर परेको छ
दोबाटो कुर्दै छ बहिनी भाई टिका आयर
निधारको टिका फुलको माला भर परेको छ
भाबीले लेखिदिएको भाग्य छानम कसरी
गहभरी आँसु पार्दै बस्नु प्यारी भनम कसरी
यता सयपत्री फुल्दा,मार्से धान झुलिरहदा
उता पासपोर्ट बोकेर प्रदेशी बनम कसरी
बलियो बनाउ तन मन,हाँसेर बाँच्नुपर्छ
यकैबारको यो जिबन, हाँसेर बाच्नुपर्छ
गन्तव्य नभुल यात्रा निरन्तर जारी राख
दुश्मनहरुको अघि झन,हाँसेर बाच्नुपर्छ
प्रेममा युद्ध चल्दा लडाइँ जितेको मान्छे हु
मिलन,बिछोड्का पलहरू बितेको मान्छे हु
कहिलेकाहीँ अतितका क्षणहरू सम्झिरहदा,
लाग्छ हारेको भए मायाँमा रित्तेको मान्छे हु
Khadak bk
Banfikot 8 duli rukum west
Follow our official Facebook page

Thank you so much समय दियको मा हाम्रो karnalisamachar24. blogspost. Come परिवार laaii
ReplyDelete❤❤❤🙏
ReplyDelete