एनपिएल का हीरा शिखर धवन
शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्न आउने सबैभन्दा ठूला स्टार खेलाडी हुन् । आईसीसी च्याम्पियन्स ट्रफी, एसिया कप र आईपीएल जितसकेका ‘गब्बर’ उपनामले परिचित धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने छन् ।
विश्व क्रिकेटकै पावर हाउस छिमेकी भारतका भेट्रान ब्याटरलाई कर्णालीले अनुबन्ध गरेपछि अहिले एनपीएलको चर्चा ह्वात्तै बढेको छ । भारतीय क्रिकेट समर्थक देखि भारतीय मिडिया पनि धवन एनपीएल बउने खबरले निकै उत्सहित छन् ।यसले एनपीएलको चर्चा नेपालमा मात्र नभएर छिमेकी भारतमा समेत निकै चुलिएको छ । विश्वकै चर्चित र ग्ल्यामरस फ्रेन्चाइज लिग आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने अनि आइपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी धवनको चर्चा भारतमा धेरै छ । त्यसैले नेपालमा रहेका धवन र भारतीय क्रिकेटका फ्यानहरु पनि धवन आउने खबरले उत्सहित छन् ।
धवनलाई गब्बर, जाट जी र मिस्टर आईसीसी जस्ता उपनामले चिनिन्छ । उनले भारतका लागि विश्वकप नजितेपनि च्याम्पियन्स ट्रफी जितेका छन् । अनी आईसीसीको प्रतियोगितामा व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेका छन् ।सन् २००४ को यू१९ विश्वकपमा भारत सेमिफाइनलम पाकिस्तानसँग पराजित हादै बाहिरिएको थियो तर धवनले बेस्ट प्लेअरको अवार्ड जितेका थिए र सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी२० विश्वकपमा भारत उपविजेता बन्दा धवन त्यसको सदस्य थिए ।धवनले सन् २०१३ मा इंग्लयाण्ड र वेल्समा भएको च्याम्पियन्स ट्रफी तथा २०१६ र २०१८ को एसिया कप जितेका छन् ।
भारतमा हुने आईपीएल २०२५ को लागि अहिले साउदी अरेबियाको जेद्दाहमा दुई दिने अक्सन भयो । जसमा विश्वभरका खेलाडीहरुका लागि करोडौंको बोली लाग्यो । तर सन् २०१६ मा सनराइजर्स हैदराबादबाट आईपीएल जितेका धवन भने एनपीएल खेल्न नेपाल आउँदैछन् ।उनले सबैखाले क्रिकेटबाट सन्यास लिएपछि विदेशी लिग खेल्ने अवसर पाएका हुन् । धवन आईपीएलमा नदेखिएपनि अब उनको खेल टीयू मैदानमा नेपाली खेलाडीसँगै खेलेको हेर्न पाइनेछ ।
धवन आउने विषयले अहिले जताततै चर्चा पाएको छ । विश्वभरका क्रिकेट समर्थकको नजर अहिले एनपीएलमा छ । धवनसँगै खेल्न कर्णालीका मार्की खेलाडी सोमपाल कामी देखि गुल्सन झा देव खना नन्दन यादव लगायत खेलाडीहरु उत्सहित छन् । यस्तै नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा धवनले एनपीएल खेल्नेछन् ।विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार हुन् ।
भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् । यसअघिका लिगहरुमा भारतका लागि डोमेस्टिक खेल खेलेका र उमेर समूहबाट खेलेका खेलाडीहरु नेपालमा खेल्न आएका थिए । उनी एनपीएलमा अनुबन्ध हुने मध्ये आईसीसीको प्रतियोगिता र आईपीएल दुवै जित्ने पहिलो खेलाडी हुन् ।
विश्वकै चर्चित र ग्ल्यमरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छ । धवनले हैदरावादसहित डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबाट आइपीएल खेलिसकेका छन् ।
भारतका लागि उनले सबैखाले फर्म्याटमा गरी १० हजार भन्दा बढी रन बनाएका छन् । आफ्नो क्रिकेट करियरमा भने उनले अन्तर्राष्ट्रिय र रुडोमेस्टिक गरी ३० हजार रन बनाइसकेका छन् ।


Comments
Post a Comment