एनपीएल अपडेट

 


कर्णाली समाचार 

2081/08/13


नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ ।

मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ ।

काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका सबै टोलीहरु काठमाडौं आइसकेका छन् । विराटनगर कंग्स र पोखरा एभेन्जर्सको टोद्यी बुधबार काठमाडौं आइपुगेका छन् ।बुधबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच अभ्यास खेल पनि भयो । जसमा आसिफ शेख मार्की रहेको जनकपुरले रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई ९६ रनले हरायो ।


Contact Us

Comments

Popular posts from this blog

खड्क वि क को मार्मिक मुक्तक नेपालीको व्यथा

उपनिर्वाचनका लागि सानोभेरी ५ बाट जसीराम

नेपालकाे अर्काे ठुलाे जीत, अष्ट्रेलियालाई जित्याे