पोखराको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा ६४ जना चिनियाँसहित १२०० सहभागी

 





पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ गरेका हुन् ।

प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३१९ पोखरा आएको थियो । प्रतियोगितामा चिनियाँ धावकसहित एक हजार २०० भन्दा बढी सहभागी बनेको मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिए ।

खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो ।पोखरा लेकसाइडबाट सुरु भएको ५० किलोमिटर दूरीको समूहगत दौड २२ सय ५८ मिटर उचाइसम्मलाई फन्को मारेर बाराही घाटमै आएर समापन हुने छ ।

बाराहीघाट, राष्ट्रबैंकचोक, विरौंटा छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुने आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । यो प्रतिस्पर्धाका सहभागीले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने पालिखेले बताए ।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुने छ । बाराही घाटबाटै सुरु भएको यस विधामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दुरी पार गर्नुपर्नेछ । जसमा एक सय जना नेपाली र ५२ जना चिनिया गरी कुल एक सय ५२ जना खेलाडी प्रतिष्पर्धामा सहभागी भएका छन् ।




कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले ५ किलोमिटर दौडमा सहभागी भएका छन् । ५ सयभन्दा बढी विद्यार्थीले यस विधामा सहभागिता जनाएको पालिखेले जानकारी दिए ।

Comments

Popular posts from this blog

खड्क वि क को मार्मिक मुक्तक नेपालीको व्यथा

उपनिर्वाचनका लागि सानोभेरी ५ बाट जसीराम

नेपालकाे अर्काे ठुलाे जीत, अष्ट्रेलियालाई जित्याे