स्थानीय तह उपनिर्वाचन : महाबु गाउँपालिकामा मनोनयन दर्ता
दैलेखमा स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न दलहरुले मनोनयन दर्ता सुरु गरेका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिकाको वडा अध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनमा दलहरुले मनोनयन दर्ता गरेका हुन् ।हालसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नेकपा एमालले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्टिय स्वतन्न्र पार्टी र राप्रपा मनोनयन गर्ने तयारी अवस्थामा रहेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो ।त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।
अध्यक्षमा नेपाली कांग्रसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल, रासपाबाट प्रकाश बुढा, एकीकृत समाजवादीबाट जगत हमालले उम्मेदवारी दिएका छन् । कर्णालीका ७ वटा स्थानीय तहमा हुन उपनिर्वाचन हुन थालेको हो ।

Comments
Post a Comment