जाजरकोट सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु





 जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।


जाजरकोट सदरमुकाम नजिकको स्याउली बजारबाट नेपालगञ्ज जाँदै गर्दा दुर्घटनामा परेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडीका घाइतेमध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।


बुधबार थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा ६६ वर्षीय धर्मराज थापाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।


उनका अनुसार मृतक गाडी चालकका बुवा हुन्।उनलाई उपचारका लागि सोमबार नै हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको थियो। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो।


उक्त दुर्घटनामा घाइते भएका ११ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको थियो। चार जनालाई एम्बुलेन्सबाट सुर्खेत पुर्‍याइएको थियो।


सोमबार जाजरकोटमा छुट्टाछुट्टै ठाउँमा दुई वटा सवारी साधन दुर्घटनामा परेका थिए।

Comments

Popular posts from this blog

खड्क वि क को मार्मिक मुक्तक नेपालीको व्यथा

उपनिर्वाचनका लागि सानोभेरी ५ बाट जसीराम

नेपालकाे अर्काे ठुलाे जीत, अष्ट्रेलियालाई जित्याे