सानोभेरीमा अध्यक्ष पदको उपनिर्वाचनका लागि ४ जनाको उम्मेदवारी

 


आगामी मंसिर १६ गते हुने रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सानोभेरी गाउँपालिका वडा नम्बर ५ का अनुसार  उम्मेदवारी दर्तामा एक स्वतन्त्र सहित तीन दलले उम्मेदवारी दर्ता गराएका हुन ।


वडा अध्यक्षको पदमा नेकपा माओवादीको तर्फबाट जसिराम बस्नेत, स्वतन्त्र उम्मेदवार विरबहादुर बस्नेत, नेपाली काँग्रेसको तर्फबाट मोतीराम खत्री र एकिकृत समाजवादीको तर्फबाट हंशराज पुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । नेपाली काग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै त्यस वडाको उम्मेदवारमा नेकपा एमालेले भने उम्मेदवारी दर्ता गरेको छैन ।




Comments

Popular posts from this blog

खड्क वि क को मार्मिक मुक्तक नेपालीको व्यथा

उपनिर्वाचनका लागि सानोभेरी ५ बाट जसीराम

नेपालकाे अर्काे ठुलाे जीत, अष्ट्रेलियालाई जित्याे